Logo ५ कार्तिक २०८२, बुधबार | Wed Oct 22 2025


नेपालले अवलम्वन गर्ने आन्तरिक र वाह्य नीति प्रष्ट र सही छ : प्रधानमन्त्री ओली


364
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको मूल्य र मान्यतालाई केन्द्रिकृत गरी अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालन गर्ने नेपालको नीति भएको बताउनुभएको छ ।

शनिबार नेकपा एमालेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालले अवलम्वन गर्ने आन्तरिक र वाह्य नीतिहरु प्रष्ट र सही भएको बताउनुभयो । उहाँले नेपालले कसैको पक्षमा नलागी असंलग्नको नीति अवलम्वन गर्दै आएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले नेपालले शान्तिको पक्षमा विश्वमाँझ वकालत गर्ने बताउनुभयो । देशको सम्मान र हितलाई ध्यान दिएर छिमेकी तथा अन्तर्राष्ट्रिय सम्बन्ध अगाडि बढाउने उहाँको भनाइ छ । उहाँले देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रहित सबैभन्दा माथि रहेको बताउनुभयो । उहाँले नेपालले अन्तर्राष्ट्रिय सम्बन्ध पारस्परिक लाभ र सम्मानका आधारमा हुने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले मानवले हासिल गरेका पछिल्ला उपलब्धीहरुको न्यायोचित वितरण र वञ्चितहरुको पहुँच वृद्धि आधारभुत आवश्यकता भएको बताउनुभयो ।