२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


संसदभित्र गलत विषय उठ्नसक्छ प्रतिवाद गर्नूस् : प्रधानमन्त्री ओली


715
Shares

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदभित्र आफ्नो प्रश्तुति प्रभावकारी बनाउन सांसदहरुलाई निर्देशन दिनुभएको छ ।

शनिबार बालुवाटारमा बसेको पार्टीको संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले पार्टीको मर्यादा र अनुशासन कायम राख्दै प्रश्तुति प्रभावकारी बनाउन निर्देशन दिनुभयो । उहाँले सरकारले संसदमा प्रश्तुत गरेको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सही भएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रम विकास र समृद्धिमा केन्द्रित रहेको बताउनुभयो । उहाँले सांसदहरुले संसदमा बोल्दा जिम्मेवार हुनुपर्ने भन्दै राम्रोसँग अध्ययन गरेर मात्रै बोल्न निर्देशन दिनुभयो । उहाँले संसदमा बोल्नु अगाडि बुँदागत रुपमा टिपेर बोल्नुपर्ने बताउनुभयो । विपक्षीहरुले बिरोध गर्ने, गलत नियतले बोल्ने भएकाले तत्काल प्रतिवाद गर्नसक्ने गरी सांसदहरुले तयारी गर्नुपर्ने बताउनुभयो ।

सरकारले शुक्रवार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदको संयुक्त बैठकमार्फत सार्वजनिक गरेको छ । नीति तथा कार्यक्रममा सांसदहरुलाई संशोधन गर्न ७२ घण्टाको समय पनि उपलब्ध भइसकेको छ । सरकारको नीति तथा कार्यक्रमका बारेमा मिश्रित प्रतिक्रिया आएको छ ।