१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


सीपमूलक जनशक्ति रोजगारीमा जोडिएमात्रै समृद्ध नेपाल सम्भव छ : प्रधानमन्त्री ओली


390
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सीपमूलक जनशक्ति रोजगारीमा जोडिएमात्रै समृद्ध नेपाल सम्भव रहेको बताउनुभएको छ ।

बिहीबार बालुवाटारबाट १ सय ३६ औं श्रमीक दिवसको अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले शुरु गरेको श्रम संसार पोर्टलको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले श्रमीकको कल्याण, महिलाको आत्मनिर्भरता आवश्यक रहेको बताउनुभयो । श्रम संसार यही राष्ट्रिय दृष्टिकोणको डिजिटल अभ्यास भएको बताउनुभयो । श्रम, रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्ने बताउनुभयो । वैदेशिक रोजगारमा देखापरेका चुनौतिहरु नियन्त्रण गर्नुपर्ने बेला भएको बताउनुभयो ।

श्रम बजारको विकास गर्न तालिम होस् वा उद्यमशिलता विकास होस् वा सहुलियतपूर्ण कर्जाहरु सरकारले उपलब्ध गराउने सबै श्रम तथा रोजगार सेवाहरुलाई जनताको घर दैलोमा पु¥याउनका लागि र श्रम रोजगार तथा सामाजिक सुरक्षाका सम्पूर्ण सेवाहरुलाई सबै नेपालीको पहुँचमा पु¥याउन श्रम संसार पोर्टल मन्त्रालयले विकास गरेको बताउनुभयो । प्रधानमन्त्री ओलीले सीपमुलक तालिम, संस्कृतिको विकास र बिस्तारमार्फत दिगो रोजगारीको प्रवन्ध सम्भव हुने बताउनुभयो । सरकारले आगमी दशकलाई आन्तरिक रोजगारीको दशक बनाउन रणनीतिक कार्ययोजना निर्माण गरिरहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले ज्ञानमा आधारित समाज र डिजिटल अर्थतन्त्रको निर्माण, प्रविधिको उच्च प्रयोग गरेर विकास र समृद्धिका लक्ष्यहरु प्राप्त गर्न सबै नेपालीलाई सहज र सरल सेवा प्रवाहका लागि सूचना प्रविधिको महत्वपूर्ण भुमिका रहेको बताउनुभयो । सरकारले श्रम बजार, सूचना प्रणाली निर्माणको कार्य अगाडि बढाएको बताउनुभयो ।