Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


सेयरबजार थोरैले सकारात्मक


0
Shares

काठमाडौं, असोज २ । मंगलबार पुनः पुँजीबजारमा सामान्य सुधार आयो ।

सोमबार नगन्य अंकले झरेको सेयरबजार परिसूचक नेप्से मंगलबार साढे २ अंक बराबरले सकारात्मक रह्यो । नेप्से १२ सय ५८ विन्दुमा पुग्यो ।

यसदिन कारोबार भएका अधिकांश समूहमा सुधार आएसँगै नेप्से सामान्य बढेको हो ।

निर्जीवन बिमा समूह सबैभन्दा उच्च ७४ अंकले बढ्यो । जलविद्युत् समूह ४२ अंकले बढ्यो भने जीवनबिमा समूहमा पनि साढे १९ अंकको सुधार आयो । होटल, वाणिज्य बैंक र बीत्त समूहमा भने गिरावट आयो ।

यसदिन १६९ कम्पनीका १५ लाख ५९ हजार कित्ता सेयर ४६ करोड ६९ लाख रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।