
काठमाडौं, असोज २ । विश्वभर फैलिएर बसेका नेवार समुदायले नेपाल र नेवारको भाषा, धर्म, कला र संस्कृतिलगायतका मौलिकतालाई विश्वव्यापीकरण गर्दै लैजानुपर्नेमा नेवार समुदायका बुद्धिजीवीहरुले जोड दिएका छन् ।
बेलायतमा रहेका कवियत्री ज्ञानीशोभा तुलाधर नेवाःको कवितासंग्रह ‘ज्ञानी सः निगूगु’को मंगलबार राजधानीमा भएको विमोचन कार्यक्रममा उनीहरुको नेपालकै पहिचान बोकेको नेवार सभ्यतालाई विश्वव्यापीकरण गर्नुपर्ने बताएका हुन् ।
नेवार समुदायलेमात्र नेपाल र नेवारको मौलिक पहिचान अन्तर्राष्ट्रियकरण गर्नसक्ने उनीहरुको भनाइ थियो ।
कार्यक्रममा कवितासंग्रह विमोचन गर्दे जनकवि दुर्गालाल श्रेष्ठले आफ्नो पहिचान र स्वाभिमान कायम राख्न सक्नुपर्ने बताए ।
नेपालभाषामा ३८ ओटा कविता रहेको उक्त संग्रहमा नेवार लिपिसमेत प्रयोग गरी अंग्रजी भाषामासमेत लेखिएको छ ।
प्रतिक्रिया दिनुहोस्