 
	    काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था पछि समाजले धेरै फड्को मारेको बताउनुभएको छ ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताउनुभएको हो ।
उपप्रधानमन्त्री सिंहले शिक्षाको स्थिति पनि विगतको भन्दा देशमा धेरै नै राम्रो रहेको बताउनुभयो । उहाँले नेपालको शिक्षामा गुणस्तरीयता नरहेको कतिपयले भन्ने गरेको भएपनि त्यसमा सत्यता नरहेको बताउनुभयो । उहाँले सबैले सकारात्मक सोच राखेर अघि बढ्ने हो भने सफलता हाँसिल हुने दाबी गर्नुभयो ।
उपप्रधानमन्त्री सिंहले अहिले पाएका अवसर सदुपयोग गरेर अघि बढ्नु नै सबैका लागि हितकारी हुने जिकिर गर्नुभयो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्