Logo २४ आश्विन २०८३, शनिबार | Sun Oct 11 2026


होली पर्वले आपसी सदभाव र राष्ट्रिय प्रेमलाई अझ प्रगाढ बनाउँछ : पूर्वराष्ट्रपति भण्डारी


195
Shares

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले फागुपूर्णिमाको अवसरमा देशविदेशमा रहेका नेपालीप्रति हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले सामाजिक सञ्जाल एक्समार्फत शुभकामना व्यक्त गर्दै उहाँले फागुपूर्णिमालगायत पर्वबाट आपसी सदभाव र राष्ट्रिय प्रेमलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।

एक्समा पूर्वराष्ट्रपति भण्डारीले ‘वसन्त ऋतुको मौसममा मनाइने रङहरुको पर्व फागुपूर्णिमा (होली)को अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई हार्दिक मङ्गलय शुभकामना बच्चादेखि वृद्ध हरेक उमेर समूहले हर्षोल्लासका साथ मनाउने यो पर्वले सबैको जीवनमा आनन्द र खुसीको रङ भर्दै आपसी सद्भाव र राष्ट्रिय प्रेमलाई अझै प्रगाढ बनाउनेछ भन्ने मेरो विश्वास छ ।’ उल्लेख गर्नुभएको छ ।