
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले कसैको दया र मायाले माओवादी विगतमा सबैभन्दा ठूलो पार्टी नबनेको बताउनुभएको छ ।
मंगलबार मोरङमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले कसैको दया र मायाले आफू तीन/तीन पटक प्रधानमन्त्री नबनेको भन्दै जनताको साथ र विश्वासले बनेको दाबी गर्नुभयो । उहाँले विचौलिया र भ्रष्टाचारीलाई संरक्षण गर्ने सरकारी रबैयाको बिरोध र भण्डाफोर गर्न जरुरी रहेको पनि बताउनुभयो । उहाँले आफू नेतृत्वको अघिल्लो सरकारले भ्रष्टाचारकाविरुद्ध चलाएकै कारण सरकारबाट हट्नुपरेको दोहार्याउनुभयो ।
अध्यक्ष दाहालले जनतासँगको विश्वास गुमाउँदा माओवादीहरु अलि बिग्रिएको र अब नहुने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्