Logo २८ भाद्र २०८३, आइतबार | Mon Sep 14 2026


विकास गर्ने सशक्त माध्यम राजनीति : उपप्रधानमन्त्री सिंह


117
Shares

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले देशको समग्र विकास गर्ने सशक्त माध्यम राजनीति भएको बताउनुभएको छ ।

शनिबार विश्व निकेतन माध्यामिक विद्यालयको ७९ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले राजनीतिमा लाग्ने मान्छे समाजकै काम नलाग्ने मान्छे हो भन्ने किसिमले भाष्य सिर्जना गरिएको भन्दै त्यसलाई चिर्न सक्नुपर्ने बताउनुभयो । उहाँले अरुको लहलहैमा लाग्नु भन्दा सही र गलत छुट्याएर चुन्नुपर्ने बताउनुभयो ।

उपप्रधानमन्त्री सिंहले सेवा गर्नको लागि सबैभन्दा राम्रो माध्यम पनि राजनीति भएको बताउनुभयो । आफू सेवा दिनकै लागि राजनीतिमा आएको उल्लेख गर्नुभयो । उहाँले विदेशमा ठूला ठूला काण्ड गरेर ठूलो नेता बन्छु भन्दै राजनीतिमा लाग्ने गरेको पनि बताउनुभयो ।

उपप्रधानमन्त्री सिंहले विद्यार्थीले मेहनतका साथ अध्ययन गर्नुपर्ने बताउनुभयो ।