Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


अन्तरविरोध हुँदैमा पार्टी फुटाउने संकीर्ण सोचबाट मुक्त होऔँ : युवराज ज्ञवाली


2k
Shares

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले पार्टीभित्र अन्तरविरोध हुँदैमा नयाँ पार्टी गठन गर्नेकुरा राम्रो नभएको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा एकदेव आलेको ५६ औं स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष ज्ञवालीले नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालप्रति लक्षित गर्दै पार्टीमा अन्तरबिरोध हुँदैमा पार्टी फुटाउनैपर्ने संकीर्ण सोचबाट मुक्त हुनुपर्ने बताउनुभयो । उहाँले सबै कम्युनिष्ट पार्टीहरुले समाजवादलाई एजेण्डा बनाएर अघि बढेको भएपनि एक ठाउँमा उभिन नसकेको बताउनुभयो । उहाँले मतभेद हुँदैमा पार्टी फुटाउने कुराको गहन विश्लेषण जरुरी रहेको बताउनुभयो ।

उपाध्यक्ष ज्ञवालीले अन्तरबिरोध हुने बित्तिकै पार्टी फुट्नैपर्ने, फुटाउनैपर्ने र सँगै बस्नै नसक्ने संकीर्णता तोडेर मिल्ने जति मिल्नुपर्ने बताउनुभयो ।