२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


विपक्षी दलको बैठक बस्ने


702
Shares

काठमाडौं । विपक्षी दलको बैठक आज बस्ने भएको छ । बैठक शुक्रबार दिउँसो २ बजे प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको कार्यालय नयाँ बानेश्वरमा बस्ने भएको छ ।

बैठकपछि नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा दिउँसो ३ बजे संयुक्त पत्रकार सम्मेलनको आयोजना गरिने जनाइएको छ ।

गत बुधबार पनि सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा विपक्षी दलको बैठक बसेको थियो । विपक्षी दलहरुमा नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा (एकीकृत समाजवादी)दलहरू रहेका छन् ।