१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


‘नेपाल प्याक प्रिन्ट इन्टरनेशनल एक्स्पो’ काठमाडौंमा सुरु


234
Shares

काठमाडौं । प्रविधिको क्षेत्रमा काम गर्ने कम्पनीहरुको मेला ‘नेपाल प्याक प्रिन्ट इन्टरनेशनल एक्स्पो’काठमाडौंको भृकुटीमण्डपमा शुक्रवारदेखि सुरु भएको छ ।

एक्सपोको उद्घाटन शुक्रबार एक समारोहकाबीच वागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनल गर्नुभएको हो ।

तीन दिनसम्म चल्ने एक्सपोको आइतबार सकिने आयोजक संस्था मिडिया स्पेस सोलुसन्स प्रा।लि।का प्रवन्ध निर्देशक सिर्जल भट्टराईले बताउनुभयो । उहाँले प्रविधिको क्षेत्रमा काम गरिरहेका विदेशी कम्पनीहरुलाई नेपाल भित्र्याउने उद्देश्यले एक्सपोको आयोजना गरेको बताउनुभयो । एक्सपोमा प्रविधिको क्षेत्रमा काम गर्दै आएका नेपालसहित, भारत र चीनका १०० भन्दा बढी कम्पनीहरुको सहभागिता रहेको बताउनुभयो । उहाँले प्रविधिको क्षेत्रमा काम गर्ने कम्पनीहरुको यो सबैभन्दा ठूलो मेला रहेकोले लाभ उठाउन सबौ आग्रह समेत गर्नुभयो ।

त्यस्तै आजदेखि नै भृकुटीमण्डपमा चौथो नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी तथा नेपाल हस्पिटल, सर्जिकल तथा मेडिकल अन्तर्राष्ट्रिय प्रदर्शनी समेत सुरु भएको छ ।

मिडिया स्पेस सोलुसन्स (एम.एस.एस), फ्युचरेक्स ट्रेड फेयर्स एण्ड इभेन्ट्स प्रालि तथा एक्जिबिसन एण्ड ट्रेड सर्भिसेस इन्डिया प्रालि (इटिएसआइपिएल)को संयोजकत्वमा आइतवारसम्म चल्ने मेलामा औषधोपचार, स्वास्थोपचार तथा फार्मेसीसँग सम्बन्धित सेवाहरु लिन सकिने बताइएको छ ।

प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी ८० भन्दा बढी नेपाली तथा विदेशी कम्पनीहरुको स्टल रहेको मिडिया स्पेस सोलुसन्स प्रालिका प्रवन्ध निर्देशक सिर्जल भट्टराईले बताउनुभयो । नेपालका विभिन्न फर्मा र हेल्थकेयर उद्योगलाई जोड्न, सम्बन्ध निर्माण गर्न र व्यापार अवसरहरू बढाउनका लागि प्रदर्शनीले महत्वपूर्ण भुमिका निर्वाह उहाँको विश्वास छ ।