
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटका लागि टिकट दर तय गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले सोमबार प्रतियोगताका लागि साधारण तथा भिआइपी गरि दुई प्रकारको टिकट दर सार्वजनिक गरेको हो ।
क्यानका अनुसार प्रतियोगिताको उद्घाटनको दिन टिकटको दर साधारणतर्फ ३ सय रुपैयाँ र भिआइपीतर्फ ७ सय रुपैयाँ तय गरिएको छ । अन्य दिन साधारणतर्फ ३ सय र भिआइपीतर्फ ५ सय रुपैंया तोकिएको छ । प्ले–फ्को दिन साधारणतर्फ ५ सय र भिआइपीतर्फ ७ सय रुपैयाँ तोकिएको छ भने फाइनलको दिन साधारणतर्फ ५ सय र भिआइपीतर्फ एक हजार रुपैयाँ टिकट मुल्य तोकिएको छ ।
पुरै प्रतियोगिता अवधिका लागि सिजनल टिकट खरिदको व्यवस्था समेत गरिएको छ । सिजनभरको टिकटका लागि साधारणतर्फ ४ हजार ४ सय ८० र भिआइपीतर्फ ८ हजार २ सय ४० रुपैयाँ निर्धारण गरिएको छ । टिकट बिक्री गएरातिबाट खल्ती एपमार्फत शुरु गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्