
काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ ।
जसअनुसार बिहान ८ बजे संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ । बैठकमा प्रस्तावित सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डेको सुनुवाइ हुनेछ । साथै बेल्जियमका लागि प्रस्तावित राजदुत सेवा लम्सालमाथिको सुनुवाइ पनि हुने बताइएको छ ।
त्यस्तै बिहान साढे ११ बजे विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ । बैठकमा नेपालमा उत्पादित सुपारी निर्यात वारे छलफल हुनेछ ।
प्रतिक्रिया दिनुहोस्