२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


प्रचण्डलाई सांसद ढुंगानाको प्रश्न – मार्सी भात खाएर गरेको गठबन्धन बिर्सिनुभयो ?


338
Shares

काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य आनन्दप्रसाद ढुंगानाले पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले संसदमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको छ ।

मंगलबारको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद ढुंगानाले पूर्वप्रधानमन्त्री जस्तो व्यक्तिले देश श्रीलंका र बंगलादेश बन्छ भन्दै अभिव्यक्ति दिन नमिल्ने बताउनुभयो । उहाँले आफू सत्तामा रहुन्जेल सही र अर्को व्यक्ति सत्तामा जाने बित्तिकै गलत न्हुने बताउनुभयो ।

सांसद ढुंगानाले पदका लागि यताउति गरिरहने अस्थिरताका कारण देश अफ्ठ्यारोमा परेको आवश्यकताले अहिलेको गठबन्धन बनेको बताउनुभयो । उहाँले अहिलेको गठबन्धन रातमा कहाँ ग¥यो रु भन्ने अभिव्यक्ति दिएको भन्दै अध्यक्ष दाहाललाई मार्सी चामलको भात खाएर गरिएको गठबन्धन बिर्सिनु भयो भन्दै प्रश्न गर्नुभयो ।

सांसद ढुंगानाले भ्रष्टाचार र सुशासनका कुरा गर्ने गरेको भन्दै सुनकाण्ड कहाँ गयो रु कति जना जेलमा छन् भन्दै प्रश्न गर्नुभयो । उहाँले नेताहरुकै कारणबाट यो देश यहाँसम्म आइपुगेको बताउनुभयो । स्थिरताका लागि अहिलेको सरकार आवश्यक रहेको बताउनुभयो ।