Logo ७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026


कोप-२९ मा नेपालले अधिकारमुखी अवधारणा प्रस्तुत गर्नेछ : मन्त्री शाही


78
Shares

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सरकारले जलवायु परिवर्तन सम्बन्धि संयुक्त राष्ट्र संघीय संरचना महासन्धिको २९ औं सम्मेलन (कोप–२९)को तयारी सुरु गरेको बताउनुभएको छ ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री शाहीले जलवायु परिवर्तनले मुलुकका विभिन्न क्षेत्रलाई समस्याग्रस्त बनाएको उल्लेख गर्दै ती समस्या समाधानका लागि अधिकारमुखि अवधारणा प्रश्तुत गर्नेगरी सरकार सो सम्मेलनमा प्रश्तुत हुने पनि स्पष्ट पार्नुभयो ।

सो सम्मेलनको तयारीमा सम्बन्धित सबै मन्त्रालय, सरोकारवाला र विकास साझेदार संस्थाहरु अग्रसर हुनुपर्ने उल्लेख गर्दै मन्त्री शाहीले त्यसका लागि सरकार प्रतिवद्ध भएर लागि परेको बताउनुभयो । उहाँले कोप २९ को एजेण्डा बनाउँदा नेपाल सरकारले पेरिस सम्झौता कार्यान्वयनलाई लक्ष्य बनाउनेपर्ने पनि स्मरण गराउनुभयो ।

मन्त्री शाहीले सरकारले जलवायु परिवर्तनको जोखिम न्युनिकरणका लागि आवश्यक नीतिमा थप योगदान दिन पनि सम्बन्धित मन्त्रालय, सरोकारवाला निकाय र विकास साझेदार संस्थाहरुलाई आग्रह गर्नुभयो ।