Logo १४ चैत्र २०८२, शनिबार | Sun Mar 29 2026


राष्ट्रियसभाको बैठक आज बस्दै


117
Shares

काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक आज दिउँसो सवा एक बजे बस्ने जनाइएको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय समावेशी आयोगको पाँचौँ वार्षिक प्रतिवेदन २०७९–०८० सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

यसैगरि सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा सभापति मायाप्रसाद शर्माले कर्णाली प्रदेशका भूकम्प प्रभावित जिल्लाको स्थलगत अध्ययन अवलोकन तथा अनुगमनसम्बन्धी प्रतिवेदन २०८१ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।