Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


संविधान संशोधन गर्ने कांग्रेस-एमालेको सहमति मान्दैनौं : अध्यक्ष नेपाल


793
Shares

काठमाडौ. । प्रतिपक्ष दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संविधान संशोधन गर्ने कांग्रेस–एमालेको सहमतिमा शंका गर्ने ठाउँ रहेको बताउनुभएको छ ।

अध्यक्ष नेपालले कहिल्यै संविधान संशोधनको विषयमा नबोलेका दुई ठूला दलले मध्यरातमा संविधान संशोधन गर्ने कुरामाथि शंका गर्नु स्वभाविक रहेको अध्यक्ष नेपालको जिकिर थियो ।

मंगलबार नेपाली कांग्रेसका नेता एवं समाजवादी चिन्तक प्रदीप गिरीको स्मृतिमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले संविधान संशोधन गर्ने कुरा आवश्यक रहेको भएपनि दुई ठूला नेताहरुले सही गर्दैमा त्यो सम्भव नरहेको दाबी समेत गर्नुभयो ।

अध्यक्ष नेपालले संविधान संशोधनका लागि खुला बहस गर्नुपर्ने आवश्यकता पनि औंल्याउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा बहुमत पाएर पनि राजनीतिक स्थायित्वको पक्षका काम गर्न नसकेको भन्दै त्यस्ता खालका गल्ति स्वीकार गरेर अघि बढ्नुपर्ने पनि अध्यक्ष नेपालले बताउनुभयो । उहाँले संविधानमा कतिपय विषय छलफल गर्नुपर्ने भएपनि त्यसलाई अचानक अघि बढाउने कुरा मान्य नहुने बताउनुभयो ।

अध्यक्ष नेपालले नेताहरुले आफूले गरेका गल्ती स्वीकार गरेर अघि बढ्दा मात्रै मुलुकको हित हुने पनि बताउनुभयो ।