Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


तिलगंगा नेत्र विश्वविद्यालयसम्बन्धि विधेयक चालु अधिवेशनबाटै पारित हुन्छ : सभामुख घिमिरे


260
Shares

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले तिलगंगा नेत्र विश्वविद्यालयसम्बन्धि विधेयक चालू अधिवेशनबाटै पारित गर्न आफूले सक्दो पहल गरिरहेको बताउनुभएको छ ।

डा. सन्दुक रुइतले आँखाको क्षेत्रमा कमाएको अन्तर्राष्ट्रिय ख्यातीलाई समेत ध्यानमा राखेर आफूले सो विश्वविद्यालय सम्बन्धि विधेयक संसदमा दर्ता गर्ने काममा पनि सहयोग गरेको र त्यसलाई संसदको चालु अधिवेशनबाटै पारित गराउन पनि आफ्नो प्रयत्नलाई जारी राखेको उहाँको भनाई थियो ।

ताप्लेजुङ सरोकार केन्द्रले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै सभामुख घिमिरेले सो विश्वविद्यालय बनेपछि नेपालले आँखाको क्षेत्रमा अध्ययन, अनुसन्धान लगायतका कामलाई अघि बढाउने कामलाई सहज ढंगले अघि बढाउन सकिने बताउनुभयो । उहाँले सरकारले पनि सो विधेयकलाई अघि बढाउन महत्व दिएको पनि उल्लेख गर्नुभयो ।

सभामुख घिमिरेले सो विधेयकमा देखिएको असजिलाहरु हटाउन पनि आफूले हरसम्भव प्रयास गरिरहेको बताउनुभयो ।