Logo १७ कार्तिक २०८२, सोमबार | Mon Nov 3 2025


लघुवित्तका कर्मचारीहरु आन्दोलनमा


6.5k
Shares

बर्दिया । मर्जरको विषयलाई लिएर देशभरका सबैको लघुवित्त वित्तीय संस्थाका कर्मचारीहरु एकै पटक आन्दोलनमा उत्रिएका छन् । साधनासँगको मर्जरको विषयमा अन्याय भएकाले हातमा कालोपट्टी बाँधेर आन्दोलनमा उत्रनु परेको उनीहरुको भनाइ छ।

मर्जरको सम्झौता अर्थात एमओयु मा उल्लेख गरिएको सहमतिका बुँदा भन्दा फरक तरिकाले नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएकाले आफुहरु आन्दोलनमा उत्रनु परेको उनीहरुले बताएका छन् ।

मर्जरपछि सबैको साधना लघुवित्त हुनेगरी मर्जर सम्झौता भएपनि राष्ट्र बैकले अन्तिम स्वीकृति दिँदा साधना लघुवित्त मात्र नाम रहने गरी स्वीकृति दिएको छ । यसले सबैको लघुवित्त वित्तीय संस्थाको नाम अस्तित्वमा नरहने मात्र नभइ सबै लघुवित्तका कर्मचारीमाथि भोलिका दिनमा अन्याय हुने भएकाले अहिले नै त्यो परिस्तिथिति आउन नदिन आन्दोलन गरिएको आन्दोलकारीहरुको भनाइ छ ।

मर्जरको शुरुवाती सहमतिभन्दा फरक तरिकाले अन्तिम स्वीकृति दिनुले नै आफुहरुमाथि गम्भीर विभेद र अन्याय भएकाले अहिलेको यो रवैयालाई स्वीकार्न नसक्ने लघुवित्तका कर्मचारीहरुको भनाइ छ ।

संस्थाका ९० वटै शाखाका शाखा प्रमुखका साथै कर्मचारीहरु आन्दोलनमा उत्रिएका छ्न भने नियमनकारी निकाय नेपाल राष्ट्र बैंकसँग आफूहरुमाथि अन्याय नगर्न अनुरोध पनि गरेका छन ।

संस्थाको विभिन्न शाखाहरुमा कार्यरत कर्मचारीहरुले विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम नियमित राख्ने प्रथम चरणमा हातमा कालो पट्टी बाधेर विरोध गर्ने र दोस्रो चरणमा पेन डाउन गर्ने र त्यसको पनि बेवास्ता गरिए शाखामा तालाबन्दी गरि आन्दोलनमा उत्रने जनाएका छ्न् ।