Logo १० पुस २०८२, बिहिबार | Thu Dec 25 2025


पुरातात्विक सम्पदाहरुको संरक्षणका लागि बजेटको अभाव छ : मन्त्री तामाङ


169
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री हितबहादुर तामाङले पुरातात्विक महत्वको सम्पदाहरुको संरक्षणका लागि बजेटको अभाव रहेको बताउनुभएको छ ।

पुरातात्विक सम्पदाहरुको संरक्षण गरी पर्यटकहरुको उल्लेख्य सहभागिता बढाउनुपर्ने नीति, योजना र कार्यक्रम सरकारसँग भएपनि बजेटको अभावमा सो काम सहज ढंगले अघि बढ्न नसकेको मन्त्री तामाङको स्पष्टिकरण थियो ।

शुक्रबार सिंहदरबारमा आयोजित राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उहाँले पुरातात्विक महत्वका सम्पदाहरुको संरक्षणमा धेरै काम गर्नुपर्ने भएकाले त्यसको लागि आवश्यक वातावरण बनाउन राज्यले नै पहल गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

मन्त्री तामाङले पुरातत्व विभागको नीतिगत दृष्टिकोणको आधारमा त्यस्ता सम्पदाहरुको संरक्षण गर्नुपर्ने बताउनुभयो । उहाँले पुरातात्विक महत्वका सम्पदाहरुलाई जस्ताको तस्तै संरक्षण गरेर अघि बढ्नुपर्नेमा पनि जोड दिनुभयो ।

मन्त्री तामाङले लुम्बिनी क्षेत्रको समग्र विकासमा पनि सरकारले ध्यान दिएको बताउनुभयो ।