Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


नाबालिकहरुलाई यौन क्रियाकलापमा लगाउने महिला पक्राउ


0
Shares

काठमाडौं । मानबबेचबिखन अनुसन्धान ब्युरोको टोलिले आर्थिक प्रलोभन दिएर नाबालिकहरुलाई बेश्याबृतिमा लगाएको आरोपमा एकजना महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोट जिल्ला ककनी गाउँपालिका ५ स्थाई ठेगाना भई हाल काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका १६ बसन्तनगर बस्ने वर्ष २९ रश्मी लामा रहेकी छन ।

राम्रो आम्दानी हुने काममा लगाइदिन्छु भनि प्रलोभन देखाई दिदीको खाजा घर सञ्चालकले आफ्नो खाजा घरमा खाजा खान आउने र सम्पर्कमा आएका व्यक्तिहरुसँग डिल गरी विभिन्न होटल तथा गेष्ट हाउसमा वेश्यावृत्तिको लागि पठाउने गरेको ब्युरोले जनाएको छ ।

पीडितको ईच्छा विपरीत ग्राहकहरूसँग शारीरिक सम्बन्ध राख्न बाध्य बनाई राखेको अवस्थामा यस व्युरोबाट खटिएको प्रहरी टोलीले पीडितलाई उद्दार गरी उक्त कार्यमा संलग्न रश्मी लामालाई काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका– ३२ नयाँ बानेश्वरबाट पक्राउ गरेको थियो ।

यस घटनामा संलग्न अन्यको खोजी भइरहेको र पक्राउ परेकी महिलामाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाण्डौ जिल्ला अदालतबाट ५ दिनको म्याद थपको अनुमति लिइ अनुसन्धान भइरहेको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रमुख ओम बहादुर रानाले बताउनुभयो ।