Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


राष्ट्रिय सभा उपाध्यक्षमा घिमिरे निर्वाचित


3.2k
Shares

काठमाडौं । नेकपा (एमाले) की सांसद विमला घिमिरे राष्ट्रिय सभाको उपाध्यक्षमा निर्वाचित हुनुभएको छ ।

बुधबार राष्ट्रिय सभामा भएको निर्वाचनमा विमला घिमिरेलाई उपाध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रश्तावको पक्षमा बहुमत भएकाले उहाँ निर्वाचित भएको अध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गर्नुभएको हो ।

नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी) लगायतका सत्तारुढ दलहरुको साझा उम्मेदवार रहनुभएकी घिमिरेको पक्षमा ३९ मत परेको थियो भने नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीले १६ मत प्राप्त गर्नुभएको थियो । बैठकमा ५५ जना सांसदहरुको उपस्थिति रहेको थियो ।

अध्यक्ष दाहालले नवनिर्वाचित उपाध्यक्ष घिमिरेलाई बधाई दिँदै कार्यकालको पूर्ण सफलताको कामना समेत गर्नुभयो । गत चैत्र १५ गते तत्कालिन उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएभएपछि सो पद रिक्त भएको थियो । राष्ट्रिय सभाको अर्को बैठक चैत्र ३० गते शुक्रबार १ बजेर १५ मिनेटमा बस्ने गरी बोलाइएको छ ।