काठमाडौं, भदौ २८ । साताको अन्तिम दिन बिहीबार सेयरबजारमा दोहोरो अंकको सुधार जारी रह्यो ।
उतार–चढावबीच बजार परिसूचक नेप्से १४ अंकले उकालो लागेर १२ सय ४४ पुग्यो । कारोबारमा पनि सुधार आयो ।
निर्जीवन बिमा, जीवनबिमा र लघुवित्त समूहबाहेक अरु समूह उकालो लागे । होटल, अन्य, वाणिज्य बैंक र विकास बैंक समूह दोहोरो अंकले बढे भने अरु सामान्य अंकले हरियो रहे ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १७३ कम्पनीका २७ लाख बराबर कित्ता सेयर ७३ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्