काठमाडौं, भदौ २८ । मुलुकभर ९ लाख बराबर औद्योगिक प्रतिष्ठान रहेको तथ्यांक सार्वजनिक भएको छ ।
केन्द्रीय तथ्यांक विभागले बिहीबार सार्वजनिक गरेको प्रथम राष्ट्रिय आर्थिक गणना २०७५ को प्रारम्भिक नतिजाले मुलुकभर कुल ९ लाख २२ हजार ४४५ औद्योगिक प्रतिष्ठान सन्चालित रहेको पाइएको हो ।
यी प्रतिष्ठानहरुमा ३४ लाख ८ हजार ७४६ सक्रियरुपमा संलग्न जनशक्ति रहेको पाइएको छ । जसमध्ये २० लाख ४४ हजार ९८९ पुरुष र १३ लाख ६३ हजार ७५७ महिला रहेको विभागले जनाएको छ ।
दर्ता भएका व्यावसायिक प्रतिष्ठानलाई आर्थिक गणनामा समावेश गरिएको विभागले जनाएको छ ।
प्रतिष्ठानमा संलग्न जनशक्तिमा प्रति १०० महिलामा १५० पुरुष रहेको प्रतिवेदनले जनाएको छ ।
प्रदेशअनुसार प्रदेश नम्बर–३ मा सबैभन्दा उच्च २ लाख ८२ हजार ५६ र सबैभन्दा कम कर्णाली प्रदेशमा जम्मा ४२ हजार ८१७ प्रतिष्ठान रहेका छन् ।
जिल्लागत तथ्यांकअनुसार काठमाडौंमा सबैभन्दा बढी एक लाख २३ हजार ९९४ र सबैभन्दा कम मनाङमा जम्मा ४८७ प्रतिष्ठान रहेका छन् ।
विवरणले देशको आर्थिक तथ्यांकको आधार खडा गर्ने दाबी गरिएको छ ।
विभागका महानिर्देशक सुमनराज अर्यालले संघीय नेपालको आर्थिक नीति, निर्माण र विश्लेषणका लागि विवरण सहयोगी हुने बताए ।









प्रतिक्रिया दिनुहोस्