
काठमाडौं । पीसिओएस सोसाईटी नेपालले मिस यूनिभर्स नेपाल जेन दिपिका ग्यारेटलाई सम्मान गरेको छ ।
शनिबार आयोजित एक कार्यक्रमकाबीच ग्यारेटले पीसिओएसबाट पीडित भएकाहरुको मनोबल बढाउन सहयोग पु¥याएको भन्दै सम्मान गरेको हो ।
महिलाको डिम्बासयमा हुने यो समस्याले भावनात्मक र शारिरक रुपमा कमजोर पारेपनि सकरात्मक सोच तथा उच्च मनोबलसँगै स्वस्थ जीवनशैलीले यसलाई जित्न सकिने ग्यारेटको भनाई थियो । उहाँले आफु पनि यो समस्याबाट पीडित भएपनि सकारात्मक सोच र आध्यात्मिक जीवनशैलीले यसलाई जित्न सफल भएको बताउनुभयो ।
प्रत्येक १० जना महिलामध्ये १ जनामा हुने यो समस्या ७० प्रतिशतमा पहिचान हुन नसक्ने चिकित्सकहरुले बताएका छन् । यही कुरालाई मध्यनजर गर्दै सोसाईटीले जनचेतना फैलाउने उदेश्यले कार्यक्रमको आयोजना गरेको पीसिओएस सोसाईटी नेपालकी अध्यक्ष डा.अचला बैद्यले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्