Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


एमाले कैलाली अधिवेशन, छ दिनपछि मतदान सुरु


117
Shares

कैलाली । नेकपा एमाले कैलालीको नेतृत्व चयनका लागि आज मतदान सुरु भएको छ ।

गत आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीले कैलाली जिल्लाको नवौँ जिल्ला अधिवेशनको उद्घाटन गर्नुभएको थियो । उहाँले त्यसै दिन राति सम्ममा सहमतिको प्रयास गर्न र सहमति नभएमा सोमबार चुनाव गर्न निर्देशन दिनुभएको थियो ।

तर छैटौँ दिनमा आज बल्ल मतदान सुरु भएको हो । बिहीबार अनिश्चित कालका लागि सारिएको मतदान आजबाट सुरु भएको प्रमुख निर्वाचन अधिकृत मानबहादुर जोराले जानकारी दिनुभयो ।

अध्यक्षमा यज्ञराज ढुङ्गाना, दुर्गाप्रसाद जोशी, डेजी पाण्डे चुनावी मैदानमा छन् भने उपाध्यक्षमा गजेन्द्र स्वार, दलबहादुर विष्ट, मदन ओझा, वीरेन्द्रबहादुर रावल, विष्णुबहादुर चौधरी, लोकेन्द्र शाही ६ जनाले उपाध्यक्षका लागि उम्मेदवारी दिएका छन् ।

यस्तै सचिवमा विष्णुकुमार चन्द, दानबहादुर विश्वकर्मा र ममताप्रसाद चौधरीले उम्मेदवारी दिएका छन् भने उपसचिवमा राजु गुरुङ, चूडामणि भट्ट, नृप थ्यायत खड्का, चक्रबहादुर विष्ट, भुवन रिजालले उम्मेदवारी दिएका छन् ।

त्यस्तै महिला उपसचिवमा रत्ना कुँवर जोशी, अम्बिका विष्ट मल्ल, गङ्गाकुमारी चौधरी र शान्तिदेवी सिंहको उम्मेदवारी रहेको छ ।