
फाइल तस्बिर
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोईरालाले नेपाललाई धर्म निरपेक्ष बनाउनु दुर्भाग्य भएको बताउनुभएको छ ।
बिहीबार महासमिति बैठकको समापन समारोहमा बोल्दै नेता कोईरालाले यस्तो बताउनुभएको हो ।
नेता कोईरालाले धर्म निरपेक्ष र सापेक्ष नभइ स्वतन्त्र हुने बताउनुभयो । उहाँले धर्म निरपेक्ष बनाउन नै गलत भएको बताउनुभयो । उहाँले ३६४ दिन काँग्रेस बन्ने, मत हाल्ने दिन अरु बन्नेकुरा राम्रो नहुने बताउनुभयो ।
नेता कोईरालाले चुनाव भन्दा पहिला नै गठबन्धन गर्नु दुर्भाग्य भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्