काठमाडौं, भदौ २७ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले कृषकलाई समयमै मल उपलब्ध गराउन साल्ट ट्रेडिङ कर्पोरेसनलाई निर्देशन दिएका छन् ।
बुधबार साल्ट ट्रेडिङको ५६औं वार्षिकोत्सवमा उनले कृषिप्रधान मुलुकमा कृषकले समयमै मल नपाए उत्पादन नहुने र थप आयातमुखी बन्न पुगिने भन्दै समयमै मल उपलब्ध गराउन निर्देशन दिए ।
संस्थान सेवामूलक संस्था रहेको भन्दै नाफालाई बढी ध्यान नदिन पनि उनले आग्रह गरे ।
संस्थानकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले सातओटै प्रदेशमा संस्थानले प्रभावकारीरुपमा सेवा पुर्याउँदै आएको बताइन् ।









प्रतिक्रिया दिनुहोस्