काठमाडौं, भदौ २७ । पछिल्ला दिन ओरालो लाग्दै रहेको सेयरबजारमा बुधबार दोहोरो अंकको सुधार आयो ।
उतार–चढावबीच बजार परिसूचक नेप्से १३ अंकले उकालो लागेर १२ सय ३० पुग्यो । कारोबार पनि केही सुधार आयो ।
उत्पादनमूलक, वित्त र होटल समूह सामान्य अंकले रातो रहेबाहेक अरु समूह सकारात्मक रहे । निर्जीवन बिमा समूह सबैभन्दा उच्च ११३ अंकले उकालो लाग्यो । लघुवित्त, विकास बैंक र वाणिज्य बैंक समूह पनि दोहोरो अंकले सुधारिए ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १६५ कम्पनीका १३ लाख ९३ हजार कित्ता सेयर ४३ करोड ३० लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्