Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


फर्जी उद्धारले विदेशीको नेपाल यात्रा अनिश्चित


0
Shares

प्रदीप पौडेल (इमेज)

पोखरा, भदौ २७ । नेपालको पदयात्रामा फर्जी उद्धारले विदेशीको नेपाल यात्रा अनिश्चित भएको छ ।

नेपालको पदयात्रामा फर्जी उद्धार (फेक रेस्क्यू) हुने भन्दै हिमाली भेगको पदयात्रामा जाँदा आइपर्ने जोखिम बेहोर्न बिमा कम्पनी तयार नभएपछि पाहुनाहरुको यात्रा अन्योलग्रस्त बनेको हो ।

पाहुना बिमा नगरी आउन चाँहदैनन् । तर, कम्पनी बिमा गर्न मान्दैन ।

कुनैपनि यात्रामा जाँदा विदेशीलाई आइपर्ने जोखिम कम गर्न बिमा गर्ने चलन छ । तर, अहिले नेपाल आउने विदेशीको बिमा गर्न कम्पनी तयार हुन छाडेको पोखराका व्यवसायीहरुको भनाइ छ ।

सिस्ने रोभरका सन्चालक डम्बर केसी आगामी महिना उनीहरु नेपाल आउन चाहेको तर अहिलेसम्म बिमा हुन नसक्दा यात्रा अनिश्चित भएको बताउँछन् ।

बिमा नगरी पदयात्री आउन नचाहने तर बिमा गर्न कम्पनी तयार नहुने भएपछि पर्यटक अन्योलमा रहेको उनको छ ।

आफ्नो मुलुकमा बिमा नहुने भएपछि नेपालका कम्पनीबाट बिमा गराउन सकिने वा नसकिने भन्नेमा पर्यटकहरु द्विविधामा रहेको बताइएको छ ।

नेपालका कम्पनीले पनि उच्च हिमाली भेगको जोखिम मोल्नेगरी बिमा गर्न मानेका छैनन् । कतैपनि बिमा नहुने अवस्था आएपछि ती पर्यटकको आगमन अनिश्चित भएको केसी बताउँछन् ।

सिस्ने रोभरको यो एउटा उदाहरणमात्र हो । हिमाली भेगको पदयात्रामा हुने गरेको ‘फेक रेस्क्यू’को सन्देशले विदेशी सन्चारमाध्यममा महत्वपूर्ण स्थान पाएपछि महँगो रकम खर्चेर नेपाल आउन चाहेका विदेशी दोधारमा रहेको यहाँका व्यवसायीको भनाइ छ ।

‘फेक रेस्क्यूमा संलग्न कम्पनीलाइ सरकारले कारबाही नगर्दा अन्तर्राष्ट्रिय पर्यटनमा नकारात्मक सन्देश फैलिएको छ ।

उक्त सन्देश चिर्ने गरी सरकारले फेक रेस्क्यूमा संलग्नलाई कारबाही गर्न ढिलाइ गरेको र त्यसको मार नेपालको पदयात्रा क्षेत्रले बेहोर्नुपरिरहेको भन्दै व्यवसायीहरु दुःखेसो पोखिरहेका छन् ।