Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


माओवादी केन्द्रको विधान सम्मेलन फागुन १, २ र ३ गते हुने


182
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को विधान सम्मेलन फागुनको पहिलो हप्ता हुने भएको छ ।

शनिबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी कमिटी बैठकले सो सम्मेलन फागुन १, २ र ३ गते गर्ने औपचारिक निर्णय गरेको हो ।

त्यसैगरी बैठकले सो सम्मेलनमा सहभागी हुने प्रतिनिधिहरुको मापदण्ड पनि तय गरेको पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । बैठकले राष्ट्रिय सभा निर्वाचनको तयारीको लागि पार्टीको तर्फबाट पनि समन्वय समिति बनाएको छ ।

पार्टी प्रवक्ता सापकोटाकाअनुसार माओवादी केन्द्रले पार्टी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा पार्टी एकता संयोजन समिति बनाउने निर्णय पनि गरेको छ । त्यसैगरी पार्टी स्थायी कमिटीको अर्को बैठक माघ २६ गते बोलाउने निर्णय पनि बैठकले गरेको छ ।

माओवादी केन्द्रले पार्टीको हालै सम्पन्न पार्टीको विशेष रुपान्तरण अभियानले पार्टीका नेता, कार्यकर्ताहरुको मूल्यांकनको वस्तुवादी आधार तयार पारेको प्रारम्भिक विश्लेषण गर्दै त्यसको विस्तृत छलफल आगामी माघ २६ गते बोलाइएको स्थायी कमिटी बैठकमा गर्ने निर्णय पनि गरेको जनाएको छ ।