Logo २१ मंसिर २०८२, आइतबार | Mon Dec 8 2025


ज्योतिष विद्यालाई नयाँ प्रविधि र पद्धतिसँग आवद्ध गर्दै विश्वभर प्रचारप्रसार गर्नुपर्छ : रक्षामन्त्री खड्का


0
Shares

काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले ज्योतिष विद्यालाई नयाँ प्रविधि र पद्धतिसँग आवद्ध गर्दै विश्वभर प्रचारप्रसार गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

मंगलबार काठमाडौंमा आयोजित नेपाल ज्योतिष परिषद्को २६ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै रक्षामन्त्री खड्काले यस्तो बताउनुभएको हो ।

रक्षामन्त्री खड्काले ज्योतिष विद्या प्रमाणित र वैज्ञानिक विद्या भएको बताउनुभयो । उहाँले ज्योतिष विद्यालाई यदाकदा हचुवाको रुपमा अभ्यास गर्ने र जीविकोपार्जनको माध्यममात्र बनाउने देखिएको भन्दै यस भन्दा माथि उठेर तथ्य र प्रमाणमा आधारित वैज्ञानिक र अनुसन्धानमुलक विद्याको रुपमा विकास गर्न आवश्यक रहेको बताउनुभयो ।

उपप्रधानमन्त्री खड्काले नेपाल ज्योतिष परिषद्ले ज्योतिष विद्याको प्रचारप्रसारमा जोड दिनुपर्ने बताउनुभयो ।