३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


जाजरकोट र रुकुममा अस्थायी पुनःनिर्माणको काम एक महिनाभित्र सम्पन्न हुन्छ : प्रधानन्त्री दाहाल


117
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जाजरकोट र रुकुममा अस्थायी पुनःनिर्माणको काम एक महिनाभित्र सम्पन्न भइसक्ने बताउनुभएको छ ।

मंगलबार राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानन्त्री दाहालले जाजरकोट र रुकुममा अस्थायी पुनःनिर्माणको काम एक महिनाभित्र सम्पन्न भइसक्ने बताउनुभयो । उहाँले भूकम्प पीडितका लागि प्रतिपरिवार ५० हजार रुपैयाँका दरले निकासी भइसकेको बताउनुभयो । उहाँले विपद् व्यवस्थापनका लागि १० अर्ब रुपैयाँको व्यवस्थापन गरिएको पनि बताउनुभयो ।

उहाँले जाजरकोट र रुकुमको भुकम्पपछि खोज र उद्दारमा सरकारले लिएको तदारुकताले राज्यप्रति जनताको भरोसा बढाएको उल्लेख गर्नुभयो ।