फिदिम, भदौ २७ । पाँचथरको सदरमुकाम फिदिममा पहिलो पटक करदाता सेवा कार्यालय सञ्चालनमा आएपछि सेवाग्राही लाभान्वित भएका छन् ।
योसँगै स्थानीय सेवाग्राहीले सेवा लिन झापाको भद्रपुरस्थित आन्तरिक राजश्व कार्यालयमा पुग्नुपर्ने बाध्यता हटेको छ । भदौ २२ गतेबाट करदाता सेवा कार्यालयले फिदिममा सेवा प्रवाह गर्न थालेको हो ।
यो कार्यालयबाट पाँचथर तथा ताप्लेजुङसम्मका सेवाग्राहीलाई सेवा लिन सहज भएको छ ।
कार्यालय स्थापना भएसँगै करदाताको संख्या बढ्ने र राजश्वसमेत वृद्धि हुने अपेक्षा गरिएको कार्यालय प्रमुख सरोजकुमार सिंहले बताए । कार्यालय सञ्चालनमा आए पनि यसको औपचारिक उद्घाटन भने भदौ ३० गतेमात्रै गरिने भएको छ ।









प्रतिक्रिया दिनुहोस्