Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


पोखरालाई दक्षिण एसियाको पर्यटन प्रवेशद्धारकारुपमा विकास गर्न माग


0
Shares

प्रदीप पौडेल (इमेज)

पोखरा, भदौ २६ । पोखरालाई दक्षिण एसियाको पर्यटन प्रवेशद्धारकारुपमा विकास गर्न माग गरिएको छ ।

गन्डकी प्रदेशको पर्यटन विकास रणनीतिबारे मंगलबार आयोजित कार्यक्रमका सहभागीले राज्यले गन्डकी प्रदेशलाई दक्षिण एसियाको पर्यटन प्रवेशद्धारकारुपमा विकास गर्नेगरी काम गर्नुपर्नेमा जोड दिएका हुन् ।

गन्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालको पर्यटनको राजधानीकारुपमा रहेको पोखरालाई दक्षिण एसियाकै पर्यटन प्रवेशद्धार बनाउन संघीय सरकारले नीतिगत निर्णय गर्नुपर्ने बताए ।

नेपाल आउने पर्यटकमध्ये ६० प्रतिशत गन्डकी प्रदेशमा आउने दाबी गर्दै उनले हवाईमार्ग र सडकमार्गले पदयात्रामार्गमा जान र हिमाल आरोहण गर्न पनि सहज भएका कारण एसियाकै प्रवेशद्धार हुने जिकिर गरे ।

गन्डकी प्रदेशका आर्थिक मामिलामन्त्री किरण गुरुङले राज्यलाई कर तिरेर सहयोग गर्न व्यवसायीलाई आग्रह गरे ।