Logo ७ असार २०८३, आइतबार | Mon Jun 22 2026


नेपालमा पाइने जडिबुटी संसारकै उत्कृष्ट भएको आयुर्वेद विशेषज्ञको निष्कर्ष


741
Shares

सर्लाही । नेपालमा पाइने जडिबुटी संसारकै उत्कृष्ट रहेको एक कार्यक्रमका सहमागी विज्ञहरुले बताएका छन् ।

सर्लाहीको मलंंगवा संसारकै उत्कृष्ट आयुर्वेद औषधि बनाएर विश्वलाई निर्यात गर्न सक्ने क्षमता राख्ने ३ दिवसीय अन्तराष्ट्रिय आयुर्वेद सम्मेलनले निष्कर्ष निकालेको हो ।

कात्तिक २३ गतेदेखि २४ गतेसम्म जनकपुरमा भएको सम्मेलनबारे बुधबार सदरमुकाम मलंगवामा पत्रकार सम्मेलन गरी कार्यक्रमका संयोजक डा. राकेशकुमार सिंहले सम्मेलनबाट आयुर्वेद औषधि उत्पादनको प्रमुख थलो नेपाल बन्न सक्ने निष्कर्ष निकालेको जानकारी दिनुभयो ।

सहभागी आयुर्वेदका विज्ञले आयुर्वेदको लगानीले नेपाललाई विकसित राष्ट्र बनाउन सकिने बताएका थिए । सम्मेलनमा नेपाल, भारत, बंगालदेश, मरिससलगायत राष्ट्रबाट ९७१ जना सहभागी छन् ।