२४ बैशाख २०८२, बुधबार | Thu May 8 2025


जाजरकोट भूकम्प पीडित चिसो जाडोमा


143
Shares

राजेश जिसी

जाजरकोट । सबै तिहार मनाउन व्यस्त भईरहदा उता जाजरकोट भूकम्प पीडित भने खुला आकाशमा रात बिताउन बाध्य छन् । उद्धार पछिको राहत र पुर्नस्थापना भनिए पनि उनीहरु चाडबार्डमा पनि खुल्ला आकाशमा रात बिताउन बाध्यछन् । पुगेको राहत बाडीचुडी गरेर गुजारा गरे पनि कठ्याङ्ग्रीदो जाडोले उनीहरुको स्वास्थ्य अवस्था बिग्रेको मात्र छैन बिरामीसमेत पर्न थालेकाछन् ।

बढ्दो जाडेले गर्भवती, सुत्केरी, वृद्धवृद्धा र बालबबलिकाको स्वास्थ्य अवस्था दयनिय बन्दै गएको छ । चिसो मौसम सुरु भइसकेको हुँदा पहिलो प्राथमिकता छाना, नाना र खाना भए पनि उनीहरुले पर्याप्त मात्रामा महशुस गर्न पाएका छैनन् । भूकम्पमा परेर मर्नेहरु मरे तर, बल्लतल्ल बाँचेकाहरुलाई पनि अहिले सास्ती छ । हुन त सरकारी र केहि गैरसरकारी संघसंस्थाहरु कात्तिक १७ गतेको भूकम्पपछि १८ गते देखि नै राहत र उद्धारको काममा जुटे । तर, त्यतिले मात्र पर्याप्त भएको देखिंदैन । सरकारले तिहारपछि अस्थायी टहरा बनाउने भनिए पनि तिहारको समयमा भूकम्पपीडित जाडोमा कठ्याङ्ग्रीएका छन् ।

पहिलो चरणमै डब्लु एचएच, जमर्ननसरकारलगायतको सहयोगमा नेपाल ग्रामीण पुनर्निर्माण संस्था आरआरएनले पनि भूकम्पपीडितको लागि राहतलगायत दिर्घकालिन योजनाको कार्यक्रम स्थानीयस्तरमा पु¥यायो । मुख्य गरेर जाजरकोटको भेरी नगरपालिका, शिवालय गाउँपालिका र रुकुम पश्चिममा सानी भेरी र आठबिस नगरपालिकामा आरआरनले ३७ सय भन्दा बढी घर परिवारलाई राहतस्वरुप खाद्यान्न र न्यानो कपडा वितरण गरेको छ । आरआरएनका अध्यक्ष डा. अर्जुन कार्कीले सुत्केरी, गर्भवती, बालबालिका, बुढाबुढीको अवस्था दयनीय भएको भन्दै त्यसक्षेत्रमा तत्कालिन राहत र दिर्घकालीन रुपमा घर टहरा निर्माणसंगै बालबालिका, महिलाको स्वास्थ्य शिक्षा, कृषि,पोषणजास्ता कामलाई अगाडि बढाउन्ु पर्ने खाँचो रहेको बताउनुभयो ।

त्यसमा पनि पोषणयुक्त खाना, पानी, सरसफाइ लगायत मनोसामाजिक परामर्श विशेष सवालका रुपमा उठेका छन् । पुराना माटो र छाना ढुंगा भएका परम्परागत घरहरु सबै पूर्ण रुपमा क्षति भएका छन् भने अन्य घरहरु आंसिक क्षति भएका छन् । डब्लुएचएकका कन्ट्री डाईरेक्टर सोकेब नाबीले जाजरकोट र रुकुम पश्चिमजस्तो दुर्गम र पीछडीएको क्षेत्रमा भूकम्पले विकासलाई झनै पछाडी धकेलेको भन्दै बिकासलाई नयाँचरणबाट अगाडी बढाउनु पर्ने बताउनुभयो । सबै घर ध्वस्त भएको, मानवीय संकट बढेको, महिला ,बालबालिकाको शिक्षा पोषण र स्वास्थ्मा असर पुगेकाले अन्तराष्ट्रिय जगतले पनि सहयोगर्नु पर्ने बताउनुभयो ।

डब्लुएचएचको सहयोगमा त्रिपाल, कम्बल, बालबालिकाका लागि न्याँनो कपडा, सरसफाई किट, खानेपानी फिल्टर, सर्वोत्तम पिठो, आदि वितरण गर्ने काम पहिलो चरणमा सकेको छ । आरआरएनले पनि त्रिपाल, वाटर फिल्टर, कम्बल, हाइजिन किट लगायत खाद्य सामाग्रीहरु रुकुम (पश्चिम)को डिडिएमसीमार्फत आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिकाका विभिन्न वडाहरुमा वितरण गरेका वितरण आरआरएनका विपत् फोकल पर्सन डा. सुरेश तामांगले बताउनुभयो ।