काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने नेताहरुलाई कुनैपनि हालतमा छुट दिनु नहुने बताउनुभएको छ ।
बुधबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री देवीले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने नेताहरुलाई कारबाही गर्नुपर्ने बताउनुभएको हो । उहाँले आचारसंहिता उल्लंघन गरेको प्रमाणसहित निर्वाचन आयोगमा उजुरी गर्दापनि सम्बन्धित व्यक्तिलाई कारबाही गर्न ढिलासुस्ती भएको बताउनुभयो ।
उल्लंघन गर्नेलाई कारबाही गरे निर्वाचन प्रणाली सुधार हुँदै जाने मन्त्री देवीले भनाई छ । कारबाही नगरेमा आचारसंहिता उल्लंघन गर्नेको मनोबल बढ्ने उहाँले बताउनुभयो । उहाँले निर्वाचनको बेलामा कर्मचारीहरुलाई उनीहरुको इच्छा अनुसार निर्वाचन अधिकृत बनाएर पठाउनु नहुने बताउनुभयो ।







प्रतिक्रिया दिनुहोस्