Logo २८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026


पूर्वाधार विकास परियोजनाहरु सुरक्षित र प्रकोपमैत्री बनाउन आवश्यक छ : गृहमन्त्री श्रेष्ठ


104
Shares

काठमाडाैं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ठूलो लगानी रहेका पूर्वाधार विकास परियोजनाहरु सुरक्षित र प्रकोपमैत्री बनाउन आवश्यक रहेको बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले बाजुरा भूकम्प, २०७२ सालको गोरखा भूकम्प, मेलम्ची विपद्, जुरे पहिरो लगायत पश्चिमी बाढी पहिरोबाट हुने गरेका क्षतिले विपद् व्यवस्थापनको क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेको कुरालाई प्रष्ट पारिरहेको बताउनुभयो ।

उहाँले पहिरो र बाढी जस्ता प्रत्यक्ष रुपमा भौगर्भिक बनावट तथा संरचनासँग सम्बन्धित प्रकोपहरुको सामना गर्नका लागि भूगर्भ र यो सम्बन्धित प्रकोपहरुकै बारेमा अध्ययन गरिरहेका अध्येताहरु देशका लागि आवश्यक रहेको बताउनुभयो ।

गृहमन्त्री श्रेष्ठले विपद् व्यवस्थापन र न्युनिकरणका लागि आवश्यक नीति बनाउन सरकार तयार रहेको बताउनुभयो ।