Logo ११ फाल्गुन २०८२, सोमबार | Tue Feb 24 2026


स्थानीय तहलाई हस्तक्षेप गर्दैनौँ : मन्त्री देवी


312
Shares

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीले स्थानीय तहलाई हस्तक्षेप नगर्न सबै प्रतिवद्ध हुनुपर्ने बताउनुभएको छ ।

बुधबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री देवीले स्थानीय तहलाई हस्तक्षेप नगर्नका लागि सबै प्रतिवद्ध हुनुपर्ने बताउनुभएको हो ।

उहाँले भ्रष्टाचारको सन्दर्भमा स्थानीय तहलाई औँला ठड्याइने गरिएको भन्दै उहाँले स्थानीय तहमा आर्थिक अनुशासन कायम गर्ने जिम्मेवारी पनि सबैको भएको बताउनुभयो । स्थानीय तहलाई सही रुपले चलाउने जिम्मेवारी स्थानीय तहका जनप्रतिनिधिको मात्रै नभएर प्रदेश र संघको जनप्रतिनिधिको पनि भएको उहाँले बताउनुभयो ।

मन्त्री देवीले कमी, कमजोरी स्थानीय तहमा मात्रै नभई सबै तहमा हुने गरेको बताउनुभयो ।

Skip This