Logo १६ पुस २०८२, बुधबार | Wed Dec 31 2025


गणपूरक संख्या नपुग्दा विद्युत विधेयक भएन पेस


195
Shares

काठमाडौं । प्रतिनिधिसभामा गणपूरक संख्या नपुग्दा विद्युत विधेयक २०८० पेस हुन सकेन ।

आज बसेको प्रतिनिधिसभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विधेयक पेसको प्रस्ताव गर्नुभएको थियो ।

गणपूरक संख्या पुग्न ६९ हुनुपर्नेमा ६६ मात्रै सांसद उपस्थित भएपछि संसदमा प्रस्ताव निर्णयार्थ पेस हुन सकेन । नेमकीपा सासंसद प्रेम सुवालले विधेयक निर्णयार्थ प्रस्तु गर्ने समयमा गणपूरक संख्याको प्रश्न उठाएपछि गणना गरिएको थियो । गुणपूरक संख्या नपुगेपछि संसद्को बाँकी कार्यसूची अघि बढ्न सकेन ।

सभामुख देवराज घिमिरेले बैठक स्थगन गर्दै असोज १८ गते दिउँसो १ बजेका लागि अर्को बैठक बोलाउनुभएको छ ।