 
	    काठमाडौं । नेपालको अग्रणी कन्फेक्शनरी कम्पनी सुजल फूड्स प्रालिले आफ्नो उत्कृष्ट उत्पादन दाबी गर्दै आएको चोकोफनको नयाँ विज्ञापन अभियान सुरु गरेको छ ।
ओन्ली चोकोफन भन्ने संदेश बोकेको यस विज्ञापन अभियानलाई आकर्षक ढंगले अधिराज्यभर विभिन्न माध्यम मार्फत प्रस्तुत गरिएको कम्पनीले जनाएको छ ।
चोकोफन देशकै पहिलो र अरिजिनल चकलेट वेफर दाबी गर्दै यसको मिठो स्वाद हरेक बालबालिकाहरुको मनमनमा बसेको कम्पनीले जनाएको छ । रमाइलो र खुशीको अभिन्न अंगको रुपमा ओन्ली चोकोफन छ भन्ने अभिप्राय बोकेको यस विज्ञापन अभियानको प्रवद्र्धन टेलिभिजन, रेडियो, डिजिटल मिडिया तथा सामाजिक सञ्जालमार्फत प्रवाह गरिएको कम्पनीले जनाएको छ ।
क्रिस्पी र क्रन्ची वेफरमा उत्कृष्ट चकलेट क्रीमले ढाकिएको चोकोफन गुणस्तरीय हुनुको साथै अत्यन्तै स्वादिष्ट रहेको कम्पनीलको दावी छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्