
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालबालिकाको अधिकार तथा हकहितको संरक्षण गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ ।
५९ औं वालदिवसका अवसरमा शुक्रबार शुभकामना शन्देश जारी गर्दै प्रधानमन्त्री दाहालले नेपालको संविधान, बालबालिका सम्बन्धी कानून र नीतिहरूमा भएका कानूनी, नीतिगत र संस्थागत व्यवस्थाहरू कार्यान्वयन गर्न/गराउन योजना तथा कार्यक्रम तर्जुमा गरी बालमैत्री वातावरणमा बालबालिकाको अधिकार तथा हकहितको संरक्षण, सम्वर्धन, सम्मान, प्रवर्धन र परिषूर्ति गर्न नेपाल सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको हो ।
उहाँले विशेष संरक्षणको आवश्यक भएका बालबालिकाको संरक्षण र सम्वर्धन गर्न सम्बन्धित स्थानीय तहबाटै वैकल्पिक हेरचाह र परिवार सहयोग तथा सहयोग प्रायोजन गरी बालबालिकालाई सम्बन्धित परिवार तथा पारिवारिक हेरचाहमा हुर्कन सक्ने वातावरण सिर्जना गर्नु राज्यको दायित्व भएको बताउनु भएको छ ।
प्रधानमन्त्री दाहालले तीनै तहका सरकारले यस्ता बालबालिकाका लागि लगानी वृद्धि गर्न आवश्यक रहेको पनि बताउनु भएको छ । प्रधानमन्त्री दाहालले बालबालिकाको पोषण, शिक्षा, स्वास्थ्य, संरक्षण र सहभागिताजस्ता आधारभूत बाल अधिकारसहित सबै प्रकारका बाल अधिकारहरूको संरक्षण र संवर्धन गर्न गराउन नेपाल सरका र प्रदेश सरकारका सम्बन्धित मन्त्रालय तथा निकाय र सम्बन्धित स्थानीय तहलाई आगामी वर्षदेखि थप लगानीका योजना र कार्यक्रम तर्जुमा गरी बालबालिकामा लगानी वृद्धि गर्न पनि अपील गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्