Logo २२ असार २०८३, सोमबार | Tue Jul 7 2026


ल्हासाबाटै सभामुखद्वारा केरुङ र तातोपानी पुल पुनर्निर्माणको शिलान्यास


0
Shares

काठमाडौं, भदौ २४ । केरुङ र तातोपानी पुल पुनर्निर्माणको शुभारम्भ गरिएको छ ।

चीन भ्रमणमा रहेका सभामुख कृष्णबहादुर महराले झाङमु–तातोपानी र केरुङ–रसुवागढी नाका पुल पुनर्निर्माणको शिलान्यास गरेका हुन् ।

सभामुख महराले आइतबार ल्हासामा एक समारोहका बीच नेपाल–चीन सीमा नाकाका अन्तर्राष्ट्रिय मैत्री पुलहरुको पुनर्निर्माणको शिलान्यास गरेको जनाइएको छ । 

उनले ल्हासाबाटै भिडियो प्रविधिबाट शिलान्यास गरेका हुन् । २०७२ सालको भूकम्पले नेपाल–चीन जोड्ने यी दुबै पुलहरु क्षतिग्रस्त भएका थिए ।