Logo ९ फाल्गुन २०८२, शनिबार | Sat Feb 21 2026


नेपालले कोदो उत्पादन बढाउनुपर्छ : कृषिमन्त्री भुसाल


91
Shares

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले नेपालले कोदो उत्पादन बढाउनुपर्ने बताउनुभएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालको पहाडी भू-भाग कोदो उत्पादनका लागि उर्वर रहेको भन्दै कोदो उत्पादन गरी विदेशमा निर्यात गर्नसक्नुपर्ने बताउनुभयो । उहाँले बाँदर आतंकबाट पनि अन्य अन्नबालीको तुलनामा कोदोलाई कम क्षति हुने भएकाले कोदोको उत्पादन गर्न आग्रह गर्नुभयो ।

मन्त्री भुसालले सरकारले पनि कोदो उत्पादनलाई बढावा दिनेगरी काम गरिरहेको उल्लेख गर्नुभयो । उहाँले कोदो स्वास्थ्यका लागि लाभदायी रहेको उल्लेख गर्नुभयो । उहाँले समाजमा खानपानमा आएको परिवर्तनसँगै अस्वस्थताको कमी हुँदै गइरहेको समयमा प्राकृतिक कृषितर्फ र प्राकृतिक खानपानतर्फ मानिसहरुले रुचि राखिरहेको बताउनुभयो ।

खाद्यान्न वृद्धि गर्ने नेपालको अभियानलाई अगाडि बढाउन कोदो उत्पादन मुख्य सावित हुनसक्ने कृषिमन्त्री भुसालले बताउनुभयो ।