 
	    काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले पूर्वगोरखा सैनिकले पाउनुपर्ने अधिकार बमोजिमको सुविधा प्राप्त गराउन सरकारले बेलायत सरकारसँग कुटनीतिक पहल गर्ने बताउनुभएको छ ।
मंगलबार काठमाडौंमा आयोजित पूर्वगोरखा सैनिकको समस्या समाधानको लागि एक दिवसीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री साउदले १९९७ भन्दा अगाडिका गोरखा सैनिकहरुलाई पनि वेतन र घाईतेहरुलाई पनि अन्य सहुलियत दिनुपर्छ भनेर बेलायतमा भएका गोरखा सैनिक परिवारले आन्दोलन गरिरहेको बताउनुभयो ।
मन्त्री साउदले उहाँले पूर्वगोरखा सैनिकले पाउनुपर्ने सुविधा दिलाउने कुरामा सरकार साथमा रहेको बताउनुभयो । उहाँले संवादको प्रक्रियाबाट पूर्वगोरखा सैनिकहरुले पाउनुपर्ने अधिकार बमोजिमको सुविधा दिलाउन सरकारले प्रयत्न गर्ने बताउनुभयो ।
मन्त्री साउदले परराष्ट्र मन्त्रालयले सो समस्या समाधानका लागि कुटनैतिक पहल गरिरहेको बताउनुभयो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्