Logo ९ फाल्गुन २०८२, शनिबार | Sat Feb 21 2026


उपप्रधानमन्त्री श्रेष्ठ र बेलायती राजदुतबीच सिंहदरबारमा भेट वार्ता


260
Shares

काठमाडौं ।उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि बेलायती राजदुत रोब फेनले शिष्टाचार भेट गर्नुभएको छ ।

शुक्रवार उहाँले सिंहदरबारस्थित मन्त्रायमा शिष्टाचार भेट गर्नुभएको हो । भेटका क्रममा नेपाल–बेलायतबीचको सम्बन्ध सुदृढ बनाउँदै सहकार्य बिस्तार गर्ने बारेमा छलफल भएको बताइएको छ । भेटका क्रममा दुवै पक्षबाट दुई देशबीचको सम्बन्ध बिस्तार र मजबुत बनाउने र थप सहयोग र सहकार्यमा जोड दिइएको थियो ।