Logo २२ असार २०८३, सोमबार | Tue Jul 7 2026


सिमरा विमानस्थलबाट भदौ ३१ गतेदेखि रात्री उडान हुने


0
Shares

बारा । सफल परीक्षण उडान गरेको ४ वर्षपछि बाराको सिमरा बिमानस्थलबाट नियमित रात्री उडान सुरु हुने भएको छ ।

निजी विमान कम्पनीहरुले उडान अनुमति लिएपछि भदौ ३१ गतेबाट रात्री उडान हुने भएको हो ।

देशकै ठूलो औद्योगिक तथा व्यापारीक क्षेत्र बाराको सिमरास्थित विमानस्थलमा करोडौं खर्च गरेर रात्रीकालिन विमान अवतरणका लागि बनाइएका सबै पूर्वाधार ४ बर्ष उपयोगविहीन हुँदै आएका थिए ।

विमानस्थलका प्रबन्धक हिराजन काफ्लेले भदौ ३१ गतेपछि दैनिक तीन वटा रात्री उडान गर्न कम्पनीहरुले अनुमति लिएको जानकारी दिए ।

यो विमानस्थलमा बुद्ध एयरले साना र ठूला गरी १० र नेपाल एयरलाइन्सले दैनिक १ गरी ११ उडान भरिरहेका छन् ।