काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भूटानी शरणार्थी प्रकरण लगायत सबै घटनामा राज्यले निष्पक्ष रुपले छानबिन गरिरहेको बताउनुभएको छ ।
मंगलवार प्रतिनिधि सभा बैठकमा सांसदहरुसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सांसद अशिम साहको जवाफ दिँदै प्रधानमन्त्री दाहाले भूटानी शरणार्थी प्रकरण लगायतका सबै घटनाहरुमा दबाबरहित र निष्पक्ष रुपमा छानविन भइरहेको बताउनुभएको हो । उहाँले आफूले सरकारको नेतृत्व गरेसँगै सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, व्यावसायिक र जवाफदेही बनाएको बताउनु भयो । उहाँले भ्रष्टाचारलाई कडाइका साथ नियन्त्रण गर्न सरकारले विभिन्न नीतिगत, कानूनी तथा संस्थागत सुधारलाई अघि बढाएको पनि बताउनु भयो ।
प्रधानमन्त्री दाहालले सबै किसिमका भ्रष्टाचारलाई तथ्य र प्रमाणको आधारमा छानबिन गरी दोषीलाई कानूनको दायरामा ल्याउन सरकार प्रतिवद्ध रहेको स्पष्ट पार्नुभयो ।






प्रतिक्रिया दिनुहोस्